काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘पाँच पाण्डव’को प्रदर्शन मिति तय भएको छ । वितरण कम्पनी आरआर फिल्म्सले यो चलचित्र तिहारमा आउने जनाएको हो ।
तिहारको बिदालाई लक्षित गर्दै फिल्म दर्शकमाझ आउन लागेको निर्माता नवीन श्रेष्ठले बताए । श्रेष्ठ भन्छन्, ‘वितरक टिमसँगको सल्लाहमा प्रदर्शन मिति घोषणा गरेका हौं । राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वस्त छौं ।’
वितरक रोहित कट्टेलले फिल्मलाई लिएर आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ बैशाख २०८३, १२ : ३९
लेखकबाट थप