काठमाडौं । सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा कायम भएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेकाे थियाे । मन्त्रालयको आग्रहपछि चिकित्सक संघले आइतबार ओपीडी खाेल्न नसक्ने बताएपछि सरकारले सरकारी अस्पतालहरुमा फेरि आइतबार बिदा कायम गरेकाे हाे ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनसँगै स्वास्थ्य सेवामा कुनै अवरोध नहुने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ बैशाख २०८३, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने