काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो ।
अब मुद्दाको तारेखको दिन प्रधानमन्त्री शाहको साटो उनका वारेस गएर पनि तारिख लिन पाउनेछन् । यसअघि सर्वोच्च अदालतले शाहलाई यस्तो सुविधा दिएको थिएन ।
तीन वर्षदेखि शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ । उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलहरूमा हिन्दी सिनेमा नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यो आदेशलगत्तै तत्कालीन मेयर शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ बैशाख २०८३, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह
आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छौ : प्रधानमन्त्री शाह
सुकुम्वासी बस्तीमा ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्नुस: प्रधानमन्त्री शाह
आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छ : प्रधानमन्त्री शाह
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
प्रधानमन्त्री शाह र ईयूआबद्ध देशका कूटनीतिक प्रतिनिधिबीच सामूहिक छलफल जारी