काठमाडौं । आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ ।
विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए-नभएको, उपभोक्तालाई दिनुपर्ने जानकारी दिए-नदिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था परिपालना भए-नभएको बारेमा अनुगमन गर्दै आएको छ ।
पछिल्ला दिनमा विभागले ठूलो सङ्ख्यामा व्यावसायिक फर्महरूमाथि अनुगमन गर्दै आएको छ । सोही क्रममा बिहीबारमात्रै काठमाडौँको खिचापोखरी क्षेत्रका ५३ वटा फर्ममा अनुगमन निरीक्षण गरेको हो ।
विभागले अनुगमन गरेका सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ बैशाख २०८३, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जमा बजार अनुगमन : तीन होटेललाई कारबाही
म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद
एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन
निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु
खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत