काठमाडौँ । निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ ।
विभागले अनुगमनको क्रममा कैफियत देखिएपछि जेएस जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको हो ।
विभागले एकै दिन कूल २० वटा फर्ममाथि अनुगमन निरीक्षण गरेको थियो । त्यसमध्ये १९ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा अनुगमन निरीक्षण गरिएको र कैफियत देखिएकालाई कारबाहीको दायरामा ल्याइएको विभागले प्रस्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जमा बजार अनुगमन : तीन होटेललाई कारबाही
म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद
एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन
एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन
निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत