काठमाडौँ । निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ । फागुन २१ को चुनावमा हुने उम्मेदवारको खर्चसहितको अनुगमन गर्न अधिकृत तोकिएको हो ।
‘सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ,’ आयोगले भनेको छ, ‘कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक क्रियाकलाप चुनावी खर्च, लेखा राखे-नराखेको, सम्पत्ति विवरण पेस गरे-नगरेको, निर्वाचन कार्यालयमा घोषणापत्र पेस गरेरनगरेको लगायत हेर्ने जिम्मेवारी तोकिएको छ ।’
आचारसंहिता विपरीत खर्च गरेको पाइए उम्मेदवारलाई ती अधिकारीले स्पष्टीकरण सोध्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जमा बजार अनुगमन : तीन होटेललाई कारबाही
म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद
एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन
एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन
निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु
खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन