काठमाडौँ । निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ । फागुन २१ को चुनावमा हुने उम्मेदवारको खर्चसहितको अनुगमन गर्न अधिकृत तोकिएको हो ।
‘सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ,’ आयोगले भनेको छ, ‘कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक क्रियाकलाप चुनावी खर्च, लेखा राखे-नराखेको, सम्पत्ति विवरण पेस गरे-नगरेको, निर्वाचन कार्यालयमा घोषणापत्र पेस गरेरनगरेको लगायत हेर्ने जिम्मेवारी तोकिएको छ ।’
आचारसंहिता विपरीत खर्च गरेको पाइए उम्मेदवारलाई ती अधिकारीले स्पष्टीकरण सोध्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी टोलीद्वारा नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन
सरकारी टोलीले गर्यो जेन जेड आन्दोलनका क्रममा आगजनी भएको काँग्रेस पार्टी कार्यालयको अनुगमन
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै
वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के
शिक्षामन्त्री भट्टराईद्वारा राष्ट्रिय किताबखानाको छड्के अनुगमन