काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय अनुशासन समितिबाट आफूलाई सोधिएको स्पष्टीकरणप्रति आपत्ति जनाउँदै त्यसलाई अव्यवहारिक र असंगत बताएका छन्।
बुधबार बसेको समितिको बैठकले खड्कामाथि पार्टीको आधिकारिक लेटरप्याड दुरुपयोग गरेको आरोप लगाउँदै सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। समितिले उनले अधिकारविहीन अवस्थामा कागजात प्रयोग गरेको निष्कर्ष निकालेको जनाइएको छ।
उक्त निर्णयप्रति प्रतिक्रिया दिँदै खड्काले आफूले प्रयोग गरेको लेटरहेड आधिकारिक नै भएको दाबी गरेका छन्। साथै, पार्टीको संरचना र नेतृत्वसम्बन्धी विवादबारे आफूले यसअघि नै विशेष महाधिवेशनको माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएको प्रसंग पनि उनले उल्लेख गरेका छन्।
खड्काको भनाइमा, विशेष महाधिवेशनबाट चयन गरिएको कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै न्यायिक परीक्षणको माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत