काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको हो ।
सम्मेलनमा परराष्ट्र मन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन्। उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड-महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । मन्त्री खनाल यही चैत ३० गते स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०८२, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह
नयाँ सरकारको प्राथमिकताबारे चीनको चासो रहेको परराष्ट्र मन्त्री खनालको भनाइ
‘बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ’ : परराष्ट्र मन्त्री खनाल
परराष्ट्र मन्त्री खनालसँग भारत, भूटान र बंगलादेशका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्र मन्त्री खनालद्वारा पदभार ग्रहण