अमिशा पराजुलीलाई अश्लिल कमेन्ट गर्ने एक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०८२, १५ : ०५
अमिशा पराजुलीलाई अश्लिल कमेन्ट गर्ने एक जना पक्राउ

काठमाडौँ । नेकपा एमालेको विरोध कार्यक्रममा भाग लिन गएपछि आफूलाई डिजिटल यौन हिंसा भएको भन्दै अमिशा पराजुलीले दिएको उजुरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२० वर्षीया अमिशालाई फेसबुकमा अश्लिल कमेन्ट गरेको आरोपमा रौतहटको गुजरा नगरपालिका–२ घर भएका २४ वर्षीय अभिषेक चौधरीलाई पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले बताए ।

रौतहटबाट पक्राउ गरेर उनलाई काठमाडौँ ल्याएको पुष्टि गर्दै एसपी गिरीले भने– ‘आइतबार अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’

प्रारम्भिक सोधपुछको क्रममा चौधरीले आफूले कमेन्ट गरेको स्वीकार गरेका छन् । अमिशालाई यौन हिंसाजन्य कमेन्ट गर्ने अन्य आरोपीहरूको विवरण पनि साइबर ब्युरोले मेटा (फेसबुक)सँग मागेको एसपी गिरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस