जनकपुर । विवाहपञ्चमी पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।
त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम-सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालले सोमबार सूचना जारी गर्दै आज मधेसमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्।
जनकपुर मिथिलाको प्राचीन राजधानी हो। यहाँ हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीता र रामको विवाह महोत्सव हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातामा दुई दिन बिदाको निर्णय आजदेखि लागू, कार्यालय समय पनि परिवर्तन
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा
आज पनि तिहारकै सार्वजनिक बिदा