पुरानो मेडिकल कलेजमा डायलासिसका ५ वटा मेसिन थप

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०७५, ११ : ३०
पुरानो मेडिकल कलेजमा डायलासिसका ५ वटा मेसिन थप

चितवन । पुरानो मेडिकल कलेज (सीएमएस) भरतपुरले मिर्गौला रोगीको चाप अत्यधिक बढ्दै गएका कारण मिर्गौला डायलासिसका ५ वटा आधुनिक मेसिन सञ्चालनमा ल्याएको छ । पुरानो मेडिकल कलेजमा थप गरेको ५ वटा मेसिनसहित १३ वटा डायलासिसका मेसिन सञ्चालनमा आएको छ ।
कलेजका जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले मिर्गौलाका बिरामीहरुको चाप बढेपछि जर्मनबाट ५ वटा फ्रेसनेस डायलासिस मेसिन ल्याएको बताए । उनले भने, ‘दुईवटा मेसिन मर्मतमा रहेको हुनाले अब केही दिनमै पुरानो मेडिकल कलेजमा १५ वटा डायलासिस मेसिन सञ्चालनमा आउने छ ।’
पुरानो मेडिकल कलेजमा हाल दैनिक ३२ जनाले निःशुल्क डायलासिस गरिरहेका छन् । मेसिन थप भएर सञ्चालन गरेपछि दैनिक ४५ जनाको मिर्गौला डायलासिस गर्न सकिएको कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस