चितवन, भरतपुर महानगरपालिकाले हाल सिर्जना भएको असहज परिस्थितिका कारण महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालय एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाबाट जारी सूचनाअनुसार मिति १५ र १६ गते (पूर्वप्राथमिक तथा मण्टेश्वरीसहित) सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहनेछन्।
जनजीवन प्रभावित हुनुका साथै बालबालिकाको विद्यालय आवागमन र पठनपाठनमा समस्या देखिएपछि स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यालय तथा सरोकारवाला निकायसँगको समन्वयमा उक्त निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
विद्यालय बन्दको अवधिमा बालबालिकालाई कुनै पनि जोखिमबाट जोगाउन आवश्यक सावधानी अपनाउन महानगरपालिकाले अभिभावकलाई आग्रह गरेको छ। साथै, विद्यालय प्रशासनलाई पनि विद्यार्थीलाई आवश्यक निर्देशन दिन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
ब्रिज कोर्समा रोक: २४ घन्टामै निर्णय सच्याउँदै शिक्षा मन्त्रालय पछि हट्यो
चितवनमा अनुमति नलिएका कन्सल्टेन्सी र म्यानपावर संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन !
विदेशी शिक्षामा बेथिति : आफैँले दिएको अनुमति रद्द गराउँदै मन्त्रालय
अत्याधिक चिसो बढेपछि भरतपुरका विधालय तथा कलेज एक दिनका लागि बन्द