चितवन, भरतपुर महानगरपालिकाले हाल सिर्जना भएको असहज परिस्थितिका कारण महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालय एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाबाट जारी सूचनाअनुसार मिति १५ र १६ गते (पूर्वप्राथमिक तथा मण्टेश्वरीसहित) सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहनेछन्।
जनजीवन प्रभावित हुनुका साथै बालबालिकाको विद्यालय आवागमन र पठनपाठनमा समस्या देखिएपछि स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यालय तथा सरोकारवाला निकायसँगको समन्वयमा उक्त निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
विद्यालय बन्दको अवधिमा बालबालिकालाई कुनै पनि जोखिमबाट जोगाउन आवश्यक सावधानी अपनाउन महानगरपालिकाले अभिभावकलाई आग्रह गरेको छ। साथै, विद्यालय प्रशासनलाई पनि विद्यार्थीलाई आवश्यक निर्देशन दिन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च शिक्षाका लागि १ वर्षमै बाहिरियो १ खर्ब ३८ अर्ब
शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने सहमति
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
निजी विद्यालय गुठी र कम्पनीमै स्थापना र संचालन गर्न प्रस्ताव
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
शिक्षासहित तीनवटा समितिको बैठक बस्दै