एउटा हारले नेपाली काँग्रेस कहिल्यै हार्ने छैन : देवराज चालिसे

सफल खबर संवाददाता

शनिबार, ३० फागुन २०८२, ११ : ४९
एउटा हारले नेपाली काँग्रेस कहिल्यै हार्ने छैन : देवराज चालिसे

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निमाणमा जुट्न अनुरोध गरेका छन् ।

उनले शनिवार फेसबुकमार्फत भनेका छन्, ‘अबको समय पार्टी पुनर्निर्माणमा जुटौं, बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो ।’

फेरि पनि निर्वाचन हुने र आगामी निर्वाचनमा काँग्रेस विजयी हुने उनको भनाइ छ ।

उनले थप लेखेका छन्, ‘फेरि चुनाव आउनेछ, हामी झन् बलियो भएर जित्नेछौं । काँग्रेस उठ्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ ।’

चट्टानमाथिको रूखजस्तै नेपाली काँग्रेस यो आँधीमा पनि कम्तीमा उभिएको छ भन्दै थप लेखेका छन्, ‘एउटा हारले नेपाली काँग्रेस कहिल्यै हार्ने छैन । रूखलाई मलिलो जमिनमा सार्ने र हुर्काउने काम हाम्रै हो ।’

प्रतिक्रिया दिनुहोस