रास्वपाकी विनीता कठायतसहित जुम्लाका ६ उम्मेदवारको जमानत जफत

सफल खबर संवाददाता

सोमबार, २५ फागुन २०८२, १५ : ०१
रास्वपाकी विनीता कठायतसहित जुम्लाका ६ उम्मेदवारको जमानत जफत

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा देशभर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनीता कठायतसहित जुम्लाका ६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

यहाँ एक स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये ६ जना उम्मेदवारले गणना भएको सदर मतको १० प्रतिशत पनि मत ल्याउन नसकेपछि जमानत जफत भएको हो । जुम्लाको कुल ७१ हजार ७३९ मतदातामध्ये ४० हजार ८७८ मत खसेको थियो ।

खसेको मतमध्ये गणना गर्दा एक हजार ७०५ मत बदर भयो । बाँकी सदर भएको ३९ हजार ३९ हजार १७३ मतको १० प्रतिशत मत आफ्नो पक्षमा ल्याउन नसक्ने रास्वपाकी उम्मेदवार विनीता कठायतसहित ६ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेदवार कठायतले ४२१ मत मात्रै प्राप्त गरिन् । निर्वाचनसम्बन्धी ऐनमा गणना भएको सदर मतको १० प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने व्यवस्था छ । यो हिसाबले जुम्लाका ६ उम्मेदवारले सदरमत तीन हजार ९१७ ल्याउनुपर्ने थियो, त्यो मत नआएपछि जमानत जफत भएको हो ।

जमानत जफत हुनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका ऋषि धिताल (११२), नेमकिपाका विर्षबहादुर रावत (४००), नेकपा (माओवादी) का विर्ख शाही (७१), नेजपाका र नीलविक्रम शाही (४३) र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल (१४) मत मात्रै प्राप्त गर्दा कानुनतः धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस