सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, २५ फागुन २०८२, ११ : ०६
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले घटेर तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा तीन लाख १६ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ६५ रुपैयाँले घटेर तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस