कान्ति बाल अस्पतालको स्वास्थ्य सेवा अव्यवस्थित

शनिबार, २२ पुस २०७४, १६ : ३३
कान्ति बाल अस्पतालको स्वास्थ्य सेवा अव्यवस्थित

काठमाडौं । स्थापनाको ५६ औ बार्षिकोत्सव मनाइरहदा पनि कान्ति बाल अस्पतालको स्वास्थ्य लगायतका सेवा व्यवस्थित र प्रभावकारी हुन सकेका छैनन् ।

बालबालिकाहरुको एक मात्र केन्द्रिय रिफरल अस्पतालको रुपमा रहेको कान्ति बाल अस्पतालमा अहिले पनि पर्याप्त जनशक्ति छैनन् भने सरकारले उपलब्ध गराउने भनिएको निःशुल्क औषधि सेवा पनि उपलब्ध हुन सकेको छैन । अस्पताल भित्र रहेको फार्मेसिमा आश्वयक औषधी नपाईने, विरामीको उपचारको समयमा पर्याप्त स्वास्थ्यकर्मी नहुने तथा सरसफाईको अवस्था पनि अत्यन्तै नाजुक भएको गुनासो सेवाग्राही रामेछापका सुवास कार्कीले गुनासो गरे ।

सेवाग्राहीको व्यापक गुनासो आईरहेका बेला अस्पतालको ५६ औ बार्षिकोत्सव समारोहलाई औपचारिक सम्बोधन गर्न पुगेका स्वास्थ्यमन्त्री दिपक बोहराले अस्पतालको सेवा सुधारका लागि मन्त्रालयले भरपुर सहयोग गर्ने आश्वासन दिए ।

प्रविधि , जनशक्ति लगायत विषयमा अस्पतालको स्तरोन्नति संगै सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको पनि उनले बताए ।

पछिल्लो समय कान्ति बाल अस्पतालको जागिर छाडेर बाहिरिने स्वास्थ्यकर्मी कर्मचारीको संख्या बढ्दै गएको छ । ५२ सैयाको एकीकृत आईसियू स्थापना गरिएको अस्पतालमा जनशक्ति अभाव लगायत कारणले ३६ शैया मात्रै संचालनमा छन् । संचालनमा ल्याईएको ३६ शैयाको आईसियु मा काम गर्ने नर्सको अभावमा केही समय अघि देखि सो सेवा नै प्रभावित हुदै आएको छ । सबै किसिमका स्वास्थ्य सेवा गरि अस्पतालमा अहिले ३ सय ५१ शैया संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस