काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेस र नेकपा (एमाले) परित्याग गर्दै १६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
महाराजगन्जस्थित पार्टी कार्यालयमा आइतबार आयोजित कार्यक्रममा क्षेत्र नं. ५ का उम्मेदवार सस्मित पोख्रेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्नेहरूमा रामप्रसाद पौडेल, विष्णु पौडेल, पवित्रा खड्का, खड्गबहादुर कार्की, सजना कार्की (महिला), भगवती खत्री (खरेल), बालकुमारी सिग्देल, दिव्या गिरी, सुष्मिता गिरी, कविता कार्की, विज्ञान कार्की, नीरज कार्की, मिना कार्की, श्रीर कार्की, विष्णु कार्की र सागर कार्की रहेका छन्।
नवप्रवेशीहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै रास्वपामा आवद्ध भएको बताएका छन्। कार्यक्रममा उम्मेदवार पोख्रेलले क्षेत्र नं. ५ मा परिवर्तनको लहर सुरु भइसकेको दाबी गर्दै संगठन सुदृढीकरणमा सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। उनले आगामी दिनमा अझ धेरै जनप्रतिनिधि तथा युवाहरू रास्वपामा जोडिने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी