काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गरेका हुन् । उनका अनुसार मुलुकका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् ।
उनले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भूमिका खेलेका कारण निर्वाचनको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (निर्वाचन सम्पन्न हुने) विश्वास व्यक्त गरे।
ज्वाइन्ट इलेक्सन अब्जर्भेसन कमिटीबाट प्राप्त एसएमएसको जानकारी दिँदै उनले भने, ‘हाम्रो कमिटीले देशभरको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ । अहिले भर्खरै प्राप्त जानकारीअनुसार सबै निर्वाचन व्यवस्थापनका सामग्रीहरू उच्च पहाडी हिमाली जिल्ला र त्यो भन्दा पारिको बस्तीमा पनि पुगिसकेका छन् ।
मतदान अधिकृत, मतपत्र र मतदानका लागि आवश्यक सबै सामग्रीहरू गन्तव्य स्थानमा पुगिसकेकाले अब कुनै पनि काम बाँकी र अधुरो छैन ।’
जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १७ फागुन २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने