जेनेभा । मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने संकेत स्पष्ट देखिएको छैन ।
वार्ताको मध्यस्थता गरिरहेका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताए, तर कुनै ठोस सहमति सार्वजनिक भएन । वार्ता अन्त्य हुनुअघि इरानी राज्य टेलिभिजनले तेहरान युरेनियम संवर्धन जारी राख्न प्रतिबद्ध रहेको, संवर्धित सामग्री विदेश पठाउने प्रस्ताव अस्वीकार गरेको र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइनुपर्ने अडान दोहोर्याएको जनाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्ने सहमति चाहन्छन्। उनले इरान आन्तरिक असन्तोषले कमजोर बनेको बेला दबाब बढाउने अवसर देखेका छन् । तर इरानले आफूलाई शान्तिपूर्ण उद्देश्यका लागि युरेनियम संवर्धन गर्ने अधिकार रहेको बताउँदै लामो दूरीको क्षेप्यास्त्र कार्यक्रम वा हमास र हिजबुल्लाहजस्ता समूहलाई समर्थनबारे छलफल गर्न अस्वीकार गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मुख्यालय भियनामा प्राविधिक तहका वार्ता अर्को हप्ता जारी रहने अल–बुसाइदीले जानकारी दिए। सम्भावित कुनै पनि सहमतिमा आइएइएको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य