झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्रको दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्दै छन् । ओलीले बिहान साढे ९ बजे दमक– ९ को चिया दोकानमा मतदातासँग भेटघाट गर्दैछन् ।
पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीले अध्यक्ष ओली आज मुख्यरूपमा गौरीगञ्जमा केन्द्रित हुने बताए । ओलीले गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदातालाई भेटघाट गर्दै छन् ।
कार्कीका अनुसार बिहान ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपरान्ह ५ बजे सकिनेछ । यसबीचमा उनले गौरीगञ्ज– ५ को शैँय्या टोल, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजारका मतदातासँग भेटघाट र अन्तरक्रिया गर्नेछन् । यस्तै, बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।
कार्कीका अनुसार गौरीगञ्ज– ३ मा बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरूमा मतदातासँग भेटघाट राखिएको छ ।
यसअघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिवद्धता जनाउने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह