रेनु दाहाल : संविधानसभा देखि नगरसभासम्म कानुन निर्माणमा खारिएकी नेतृ

सफल खबर संवाददाता

सोमबार, ०४ फागुन २०८२, ०९ : ५५
रेनु दाहाल : संविधानसभा देखि नगरसभासम्म कानुन निर्माणमा खारिएकी नेतृ

भरतपुर । भरतपुरको राजनीतिमा रेनु दाहालको नाम लामो समयसम्म एउटै परिचयमा अड्काइयो- प्रचण्डकी छोरी । तर नौ वर्षे मेयर कार्यकाल र त्यसअघिको संविधानसभा अनुभवले रेनु दाहाल आफैंले आफ्नै बलियो परिचय बनाईसकेकी छिन् । 

उनले राष्ट्रिय/अन्तराष्ट्रिय रुपमै सफल मेयरको परिचय बनाएकी छिन् ।  उनको राजनीतिक यात्रा मेयरबाट सुरु भएको होइन । उनी २०६४ मै संविधानसभा सदस्य बनेर नेपालको मूल कानुन निर्माण प्रक्रियामा सहभागी भइसकेकी नेतृ हुन् । 

संघीयता, समावेशिता, राज्य पुनर्संरचना र अधिकारको बाँडफाँडजस्ता ऐतिहासिक बहसको प्रत्यक्ष साक्षी मात्र होइन, सहभागी नेतृ पनि हुन् । अझ उनले १० वर्षे भीषण बर्गसंर्घषको लडाँईमा आफैं प्रत्यक्ष सहभागी भई गणतन्त्र ल्याउन भूमिका खेलेकी नेतृ हुन् । संविधानसभा सदस्यको भूमिकाले उनलाई संसद्को काममा कानुन कसरी बन्छ, कसरी संशोधन हुन्छ र कसरी लागू गरिन्छ ? भन्ने व्यवहारिक ज्ञान दिएको थियो । आज उनलाई ‘कानुन बनाउन सक्दिन’ भनेर प्रश्न उठाइनु तथ्यभन्दा प्रचारको उपज बढी रहेको कानुनविद्हरु बताउँछन् । 

‘रेनुले संविधानसभा सदस्य भएर संघीय कानुन निर्माणमा भूमिका खेलेकी छिन्, अझ स्थानीय तहमा उनले कानुन निर्माण देखि विकास निर्माणमा खेलेको भूमिका उल्लेखनिय नै छ’ अधिवक्ता सिर्जना बोगटी भन्छिन्, ‘रेनु सबै क्षेत्रमा परिपक्व नेतृ हुन् । उनीसँग सरलता, विज्ञता, अनुभव, सकारात्मक सोच, योजना निर्माण सवै क्षमता छ । खासमा उनी डाइनामिक नेतृ हुन् ।’

स्थानीय तह : कानुन कार्यान्वयन मात्र होइन, निर्माण पनि
संघीय संरचनामा स्थानीय सरकार सेवा प्रदायक मात्र होइन, कानुन निर्माण गर्ने तह पनि हो । मेयरको रूपमा रेनु दाहालले भरतपुर महानगरमा १४१ भन्दा बढी ऐन, नियम, कार्यविधि र निर्देशिका निर्माण गराएकी छिन् । यी कागजका कानुन होइनन्- सडक, खानेपानी, फोहोर, सहरी व्यवस्थापन, कर प्रणाली र सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएका नियम हुन् ।

स्थानीय ऐन निर्माण, कार्यपालिकाबाट पारित गराउने, नगरसभाबाट अनुमोदन गराउने र कार्यान्वयनसम्म पु¥याउने अभ्यासले उनलाई कानुन लेख्ने र चलाउने दुवै अनुभव दिएको छ । यही अनुभव उनको आज संसद्को दाबीको खरो आधार हो ।

‘कार्यपालिकामा आफु र आफ्नो दल अल्पमतमा रहेपनि सबै राजनीतिक दललाई मिलाएर नेतृत्वदायी भूमिका खेल्नसक्ने खुबी राजनीतिमा आवश्यक छ, त्यो खुबीमा रेनु अब्बल देखिन्छिन्’ भरतपुर महानगरपालिका १५ का स्थानिय रामचन्द्र रिजाल भन्छन्, ‘सैद्दान्तिक ज्ञान मात्र भएर पुग्दैन, त्यसलाई ब्यवहारतः कार्यान्वयन गराउन सक्ने सफल नेतृत्व क्षमता पनि आवश्यक पर्छ । जसले मात्रै राजनीतिलाई लिकमा डोरयाउन सक्छ । यसमा रेनु प्रफेक्ट छिन् ।’

भरतपुर : कामले बनेको राजनीतिक परिचय

रेनु भरतपुर महानगरपालिकाको मेयर बनिरहँदा उनलाई धेरैले काम गर्न सक्लिन् ? भन्ने प्रश्नले हेर्थै । तर उनले आफनो बलबुतामा जव भरतपुरको विकासको मोडेल तयार पारिन्, उनलाई तिनै प्रश्न गर्नेले भरतपुरको रोलमोडलको रुपमा चिन्न थालेका छन् । 

घर आँगन अगाडी धुलाम्मे बाटोमा हिड्नु परेको, एकै महानगरका विभिन्न क्षेत्रमा जाँदा पनि अप्ठ्यारो वाटोमा यात्रा गर्नुपरेका स्थानीयलाई रेनुले आँटे के गर्न सकिन्न भनेर उदाहरण देखाईदिइन् । घर अगाडीका हरेक बाटोमा पक्कीबाटो बनाईदिइन् । किसानहरुलाई दुधमा अनुदान दिन थालिन । विद्यार्थीहरुलाई छात्रवृत्तिको मोडल तयार पारिन् । 

पूर्वाधारमा भरतपुरले फड्को मा¥यो । एक हजार किलोमिटरभन्दा बढी सडक कालोपत्रे उनकै पालामा भयो । खानेपानीमा महानगरबासीहरुको पहुँच ९८ प्रतिशतसम्म पुरयाइन् । चक्रपथ, तटबन्ध, नदी सौन्दर्यीकरणको काममा रेनुले अब्बल काम गरिन् । गौतम बुद्ध क्रिकेट रंगशाला ९राष्ट्रिय गौरवको आयोजना० का कामहरु अगाडी बढिनै रहेका छन् । यी उपलब्धिले रेनुलाई आज भरतपुरमा विकासप्रेमी सफल मेयरको परिचय दिलाएको छ । 

‘छोरी’को ट्याग किन अझै ?

रेनु दाहाललाई आज पनि नेपाली म्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको छोरीको रूपमा सीमित गरिनु राजनीतिक सुविधाको भाषा हो । नौ वर्षसम्म मेयरका रुपमा विवादरहित छवि बनाई निश्कलंक भई आफनो पहिचान टिकाइराख्नु र काम गरेर पुनः निर्वाचित हुनु व्यक्तिगत क्षमताबिनाको कुरा होइन ।

त्यो रेनुले आफ्नै कामबाट स्थापित गरेकी छिन् । महिला नेतृका हकमा ‘पारिवारिक पहिचान’लाई बारम्बार अगाडि सार्नु नेतृत्व अवमूल्यनको पुरानो राजनीतिक रोग हो ।‘यो निर्वाचनमा ‘संसद् भनेको कानुन बनाउने थलो हो’ भन्ने तर्कलाई रेनुविरुद्ध प्रयोग गरिएको छ ।

तर तथ्य उल्टो छ ।’ अधिवक्ता श्यामकुमार श्रेष्ठ भन्छन्, ‘उनी (रेनु) संविधानसभा सदस्य भइसकेकी छन् । स्थानीय तहमा कानुन बनाइसकेकी छन् । कानुन कार्यान्वयनको प्रत्यक्ष अनुभव छ । त्यसैले रेनुको दाबी केवल राजनीतिक आकांक्षा होइन, अनुभवजन्य योग्यता हो । उनी चितवनले खोजेको जस्तो अनुभवी नेतृ हुन् ।’