सुनसरी । सुनसरीको दुहबी–८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकलको पछाडी सवार ४९ वर्षीय तीर्थनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको फुलहारा–३ घर भएका यादव हाल इटहरी–१३ मा रहेको रिलायन्स फ्याक्ट्रीको क्वाटरमा बस्दै आएका थिए । गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो । चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार फलाम फ्याक्ट्रीबाट कोशी राजमार्गमा निस्किएर दुहबीतर्फ आइरहेको को २७ प ८१३४ नं को मोटरसाइकल र खनारबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३०५९ नं को मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
को २७ प ८१३४ नं को मोटरसाइकल चालक दुहबी–८ बस्ने ४५ वर्षीय सुमन राई र प्र १–०२–०५२ प ३०५९ नं का चालक सप्तरी रुपनी गाउँपालिका–३ घर भई हाल इटहरी–१३ बस्ने ४७ वर्षीय जयनारायण साहलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ फागुन २०८२, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु