काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन् । शुक्रबार समूह ‘बी’, ‘डी’ र ‘ए’का तीन खेल हुन लागेका हुन् ।
पहिलो खेलमा समूह ‘बी’को अस्ट्रेलिया र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् । यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ ।
दोस्रो खेलमा समूह ‘डी’का क्यानडा र यूएई प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा भारतको दिल्लीमा हुँदैछ । एकएक खेल खेलेका क्यानडा र यूएई विश्वकपमा जितबिहीन छन् ।
शुक्रबारको अन्तिम खेलमा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’का यी दुई देशको खेल साँझ ७ बजेर १५ मिनेटमा चेन्नईमा सुरु हुँदैछ । नेदरल्यान्डले दुई खेल खेल्दा एउटा जित र एक हारको सामना गरेको छ भने अमेरिका जितबिहीन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ फागुन २०८२, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?
टर्की विश्वकपबाट बाहिरियो
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : कतार ६-० ले पराजित
विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा