काठमाडौं । नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।
बुधबार भएको अक्सनमा उनलाई बेस प्राइस ६० लाख पाकिस्तानी रुपैयाँमा इलामावाद युनाइटेडले अनुबन्ध गरेको हो ।
दिपेन्द्रले अक्सनबाट आफू छनोट खबर सुन्दा खुशी लागेको प्रतिक्रिया दिएका छन् । पीएसएलमा अनुबन्ध भए लगत्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले दिपेन्द्रलाई सफलताको शुभकामना दिएका छन् ।
दिपेन्द्र नेपालको टी-२० विश्वकप टिमका उपकप्तान हुन्। विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध जादुमय खेल प्रदर्शन गरेका दिपेन्द्रले आज इटालीविरुद्ध खेल्दैछन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०८२, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटर दिपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त