भरतपुरलाई चिनाउँदै देश बनाउने बाटोमा रेनु दाहाल

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०८२, १५ : ३५
भरतपुरलाई चिनाउँदै देश बनाउने बाटोमा रेनु दाहाल

– प्रकाशमणि ज्ञवाली

चितवन । फागुन २१ मा निर्वाचन हुन्न कि ? भन्ने संसय अब करिब सकिएको छ । १ सय ६५ वटा निर्वाचन क्षेत्रमा ३ हजारभन्दा बढी उमेद्वारहरू घरदैलोमा पूर्णरुपमा होमिएका छन् । आफूलाई कसरी अरु प्रतिस्पर्धीभन्दा फरक देखाउने र कसरी सोसल मिडियामा चर्चित भई ध्यान खिच्ने भन्ने चटक पनि देखिएका छन् । चितवनका ३ वटै निर्वाचन क्षेत्रमा पनि राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । तीन वटा क्षेत्रबाट ५० जनाभन्दा बढी उम्मेदवार मैदानमा छन् । यीमध्ये चितवन क्षेत्र नं. ३ मा एकजना चिरपरिचित महिला अनुहार पनि दैनिक मतदाताकोमा पुगिरहेकी छन्। उनी हुन्रेनु दाहाल । 

राजनीतिक चर्चाको हिसाबले रेनु दाहाललाई चिनाइरहनुपर्ने नाम होइन । दुई कार्यकाल भरतपुर  महानगरको नेतृत्व गर्दा जुन खालको काम गराई रह्यो त्यो हिसाबले उनको अबको बाटो सहजै हुनुपर्ने हो । दुई कार्यकाल नै कांग्रेसको आधिकारिक सहयोग समेतमा मेयर भएकी रेनु दाहालले आधुनिक भरतपुरको निर्माणमा जे भूमिमा निर्वाहा गरिन् सम्पूर्ण कांग्रेसीजनको समेत सम्मान हुने गरी काम गरिन् । दोस्रो कार्यकालमा त उनलाई एमालेलगायत अन्य राजनीतिक दलमा आस्था राख्ने भरतपुरवासीको समेत मौन एवम् आन्तरिक समर्थन रह्यो र त १२ हजारभन्दा बढी मतान्तरले निर्वाचन जितिन्।

अब प्रश्न उठ्न सक्छ । दुईदुई पटकसम्म जनतालेसाथ दिएकै थिए त । फेरि पनि रेनु दाहाल नै किन भनेको ? यस प्रश्नको जवाफका लागि रेनु दाहालले भरतपुरमा ८ वर्ष ६ महिनामा के गरिन्? भन्ने प्रश्नको उत्तरतर्फ लाग्नुपर्ने देखिन्छ । 

अब सचेत दिमागले सोचौं र पछाडि फर्केर हेरौँ । २०७२, २०७३, २०७४ साल वा त्योभन्दा पछाडितर्फ हेर्ने हो भने २०५४ सालपछि निर्वाचित स्थानीय जनप्रतिनिधि भएनन् । के त्योभन्दा अघि रेनु दाहालबाहेक कोही पनि थिएनन् त ? थिए । स्थानीय सरकारका रुपमा नगर पञ्चायत, नगर,उपमहानगर हुँदै महानगर भएको भरतपुरमा केवल जनता मात्रै त थिएनन् । सिङ्गो संरचना थियो,निर्वाचित राजनीतिक नेतृत्वको अभावमा जिल्लाभरिकै राजनीतिक संयन्त्र थिए, प्रमुख कार्यकारीका  रुपमा नेपाल सरकारका कर्मचारीको नेतृत्व थियो । सबै थिए तर जनताको काम हुनै सकेको थिएन,किन ? किनभने त्यति बेला सामूहिक विकासको भाव नै थिएन । 

एकपटक सम्झौँ त, पश्चिम चितवनमा सडकको अवस्था कस्तो थियो ? साइकल कॉधमा बोकेर आएको तपाईं हामी नै होइन ? सडकमा आन्दोलन गर्दे पटकपटक धान रोपेको हामी नगरबासीले नै होइन ? थियो त बजेट तर राजनीतिक संयन्त्रका रुपमा बाँडीचुँडी र ध्वस्त थियो । हो, त्यही ध्वस्तताकाबीच जब रेनु दाहाल २०७४ मा भरतपुरको मेयरमा चुनाव लड्न मैदानमा पुगिन्, प्रायः नगरवासीले सडक पूर्वाधार राम्रो बनाउन माग गरे । त्यो समयको मुख्य मागलाई मध्यनजर गर्दै धूलोरहित महानगर बनाउनेसंकल्प गरेकी रेनु दाहाल निर्वाचित भइन्। 

वाचापत्रमा लेखिएजस्तै पहिलो कार्यकालमा ६ सय मिलोमिटरभन्दा बढी सडक कालोपत्रे भयो । अन्य थुप्रै पूर्वाधारका काम अगाडि बढे । संयोग के थियो भने २०७४ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले रेनु चुनाव लडेको क्षेत्रका जनप्रतिनिधि थिए । केन्द्रमा प्रचण्ड, स्थानीयमा रेनु हुँदा ठुला योजनाका संघीय बजेट परेकै हो । 

भरतपुरको तत्कालीन आन्तरिक आय ३३–३४ करोड रुपैयाँ थियो । त्यसले त छेउ पनि लाग्थेन, तसर्थ प्रदेश र केन्द्रसँग समन्वय गरेर अर्बौं रुपैयाँको काम भरतपुर महानगरमा पार्न सफल भइन्रेनु दाहाल । प्रचण्डको सो कार्यकालमा माडीमा ठाडा खहरे खोलाहरूमा ११ वटा पुल बनेका छन्। बनकट्टा बगई हुलाकी खण्डको पूर्णता, कृषि सडकको काम प्रारम्भ, करिब १ हजार नागरिकको खरको छानो विस्थापित गरी टिनको घरमा परिणत, सोमेश्वरगढी, पटिहानी र बिसहजारी ताललाई देशकै प्रमुख १ सय पर्यटकीय गन्तव्यको सूचिमा पारेर पूर्वाधारका काम भएका छन् । जनता आवास अन्तर्गत कुसुमखोलाका करिब १ सय घरलाई सुरक्षित स्थानमा स्थानान्तरण लगायतका कामहरू पनि भएका छन्। 

भरतपुर खण्डमा नारायणीमा ५ अर्बभन्दा बढीको तटबन्ध, गौतमबुद्ध क्रिकेट रंगशाला, सिटी हल, सिक्स लेन सडक, देशको लामो चक्रपथ, दर्जनौं खानेपानी आयोजना, शिक्षाको पूर्वाधारमा व्यापक परिवर्तन, पर्यटन पूर्वाधार विकास लगायतका काममा रेनु दाहालको मुख्य नेतृत्वमा भरतपुरका स्थापित र प्रमाणित परियोजना होइनन्र ? 

भरतपुर महानगरको प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेका नेता कार्यकर्ताहरू खुलेर भनिरहेका छन्, विकास त रेनुको नेतृत्वमा भयो । राजनीतिकरुपमा प्रमुख प्रतिपक्षमा रहेकोनेकपा एमालेबाट निर्वाचित  जनप्रतिनिधिहरूले रेनुको नेतृत्वकला र समन्वयकारी भूमिकाबारे सधै प्रशंसा नै गरिरहेको देखियो । 

नेपाली कांग्रेस त विकासको राजनीतिक साझेदार नै भयो । कार्यपालिकामा रेनु सधैँ अल्पमतमा थिइन् तर कहिल्यै ठूलो किचलो भएर काम अवरुद्ध भएको थाहा पाइएन । रेनु नागरिकको मात्र होइन, निर्वाचित सबै जनप्रतिनिधिको मियो नै भइरहिन्। 

करिब नौवर्षमा १ हजार १ सय ७२ किलोमिटर सडक कालोपत्रे भएको छ । अब केही भित्री सडकहरू बाँकी छन्। ती पनि कार्यवाहक मेयर चित्रसेन अधिकारीको नेतृत्वमा पूरा हुने प्रक्रियामा छन्। 

यो बाहेक दर्जनौं खानेपानीका योजना, हजारौं हेक्टरमा सिचाई हुने गरी स्यालो ट्युवेल, किसानलाई अनुदान, शिक्षालयका पूर्वाधार निर्माण, विद्यार्थीलाई छात्रवृत्ति र साइकल वितरण, नारायणीको तटबन्ध, रंगशाला, सिटी हल, सिक्स लेन सडक, हरित शहरको परिकल्पना साकार पार्न लाखौंको संख्यामा  वृक्षारोपण, सरसफाई आदि नजरअन्दाज गर्न मिल्ने विषय हुन्र ? 

भरतपुरमा रेनु दाहालका ९ वर्ष 

१ : सडक सञ्जालमा छलाङ 

— १ हजार ७२ किलोमिटर सडक कालोपत्रे र बिस्तार

— ऐतिहासिक र गौरवको८८.६ किलोमिटर चक्रपथ निर्माण र लिंक रोडहरू निर्माण

२ : उज्यालो भरतपुर 

— २ सय ६ किलोमिटर स्ट्रिट लाइट 

— ९१ ठाउँमा हाइमाष्ट र मिनिमाष्ट बत्ती जडान

— वडास्तरमै बत्ती मर्मत, अनुगमन र सुधारको संयन्त्र 

— मुख्य बजार र राजमार्गको २३ किलोमिटरमा विद्युतीय तार भूमिगत

— तारका कारण कुरुप र फोहोर देखिएको शहरी क्षेत्र सफा र सुन्दर बन्ने अभियानको सुरुवात 

३ : नगरवासीको सुरक्षा र सतर्कता 

— ४ सय १८ स्थानमा सिसिक्यामरा जडान

— डिजिटल हाउस नम्बरिङको कार्य प्रारम्भ 

— अपराध नियन्त्रण, सवारी दुर्घटनामा कमी, नागरिकद्वारा सुरक्षित र भयरहित अनुभूति

४ : नारायणी तटबन्थ

नारायणी तटका बासिन्दा ढुक्कले निदाउन सक्ने भए । लाखौं बिगाहा जमिन सुरक्षित । तटबन्ध क्षेत्र 

पर्यटकीय हबको रुपमा विकास हुँदै। 

५ :  गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण तीव्र गतिमा 

— राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलमार्फत लाखौं पर्यटक भित्र्याउने लक्ष 

—दर्जनौं खेल प्रतियोगिता आयोजना, खेलाडी र खेल क्षेत्रलाई हौसला 

६ : पुल्चोक गोन्द्राङ सिक्स लेन सडक 

— भरतपुरलाई अन्तर्राष्ट्रिय झल्को दिन सफल परियोजनामा निरन्तर लगाव र दबाव

७ :  निकुञ्ज र जंगल किनारका ३६ किलोमिटरमा कंक्रिट मेसजाली निर्माण 

– जंगली जनावर र मानवबीचको द्वन्द्व न्यूनीकर

८ : किसानको अभिभावक 

— सयौं बोरिङ तथा स्यालो ट्यूवेल जडान 

— नारायणी नदीको लिफ्ट सिंचाई आयोजना नियमित संचालन 

— हजारौं बिगाहा जमिनमा सिँचाई सुविधा, उत्पादन वृद्धिमा सहयोग 

— दूघमा किसानलाई प्रतिलिटर ४ रुपैयाँ अनुदानको सुरुवात 

— ५० प्रतिशत अनुदानमा करोडौंको कृषि औजार र सामग्री वितरण 

— भारतीय सरकारसँगको साझेदारीमा भरतपुरमा कृषि औद्योगिक पार्कको लागि जिटुजी सम्झौता (प्रचण्ड प्रधानमन्त्री भएको समयमा) 

— युवा किसानलाई प्रोत्साहान 

१०: भरतपुर २० र २१ मा औद्योगिक क्षेत्र स्थापनाको सुरुवात 

११:  स्वरोजगार र स्वावलम्बी योजना 

— शैलुन, केयर गिभर, प्लम्बिङ, इलेक्ट्रिसियन, कूक, वेटर, बारिष्टा, व्यूटिसियन, उद्घोषण, पब्लिक 

स्पिकिङ, हाउस किपिङ, फेसन डिजाइनिङलगायत दर्जनौँ तालिमबाट हजारौं युवायुवती तथा वैदेशिक 

रोजगारीबाट फर्किएका नगरवासी लाभान्वित । 

१२ : भरतपुर भ्रमण वर्ष सन् २०२४ 

— सबैखाले पर्यटनको प्रवद्र्धन गरी करिब ८ लाख पर्यटक भित्र्याउन सफल । 

— पटिहानी, सोमेश्वर र बिसहजारी ताललाई देशका १ सय पर्यटकीय गन्तव्यमा पारेर पूर्वाधार विकास 

र प्रवद्र्धनमा सहयोग 

— ऐतिहासिक दियालो बंगला संग्रहालय नागरिकका लागि खुल्ला 

— देवनगरमा खुल्ला चिडियाखाना निर्माण र हिस्रक बाघको संरक्षण 

१३:  हरियाली प्रवद्र्धन र स्वच्छ वातावरण 

— लाखौंको संख्यामा वृक्षारोपण 

— शहरमा फूल र गाउँमा फल फलाउने अभियानको सुरु

— सिक्सलेन र बाइपास सडकमा हरियाली प्रवद्र्धन

— टोलटोलबाट नियमित सफाई र फोहोर संकलन अभियान सुरु

१४: स्वास्थ्य र शिक्षामा फड्को 

— २९ वटै वडामा स्वास्थ्य संस्था स्थापना 

— भरतपुर अस्पतालमा महिला र जेष्ठ नागरिकलाई ओपिडी टिकट निःशुल्क

— सुत्केरीलाई एम्बुलेन्स सेवा, सुत्केरी पोषण कार्यक्रम सुरु

— मेयर स्वास्थ्य कार्यक्रममार्फत घरघरमै स्वास्थ्य परीक्षण 

— विद्यार्थीलाई छात्रवृत्ति

— छात्रालाई साइकल वितरण 

— विद्यालयहरूलाई बस प्रदान 

— सबै विद्यालयमा भवन निर्माण, भौतिक सुधार, अतिरिक्त शिक्षकको व्यवस्था, शैक्षिक गुणस्तरमा सुधार 

— रामपुरमा इन्जिनियरिङ कलेजको स्थापना 

— भरतपुर २३ मा भरतपुर बहुप्राविधिक शिक्षालयको स्थापना र संचालन 

— भरतपुरलाई मेडिकल सिटी बनाउने अभियानमा प्रवद्र्धन, भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालमा 

स्तरोन्नतिमा विशेष भूमिका 

— भरतपुरको साक्षरता दरमा परिवर्तन 

१५ : सबैजसो वडामा वडा कार्यालय निर्माण र डिजिटाइजेसन 

१६: अर्बौंका दर्जनौं खानेपानी आयोजना, ९८ प्रतिशत नागरिकमा शुद्ध पिउने पानीको पहुँच 

— सात हजार लिटरसम्म खानेपानीमा महसुल नलिने दूरदर्शी निर्णय

१७: छोरी बिमा जसले बढायो भरतपुरको गरिमा 

१८:  अन्तरजातीय जोडीलाई सम्मान, छुवाछुत र भेदभाव अन्त्यको कोशेढुंगा 

१९:  पत्रकार तथा सञ्चार क्षेत्रको समृद्धि 

— जेष्ठ पत्रकारलाई मासिक पेन्सनका लागि २० लाखको कोष

— पत्रकार महासंघ र संघसंगठनका भवनमा भौतिक तथा आर्थिक सहयोग

— स्थानीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनको सुरुवात

२०: सबैखाले आन्दोलनमा सहिद र बेपत्ता परिवारलाई मासिक ३ हजार भत्ताको व्यवस्था 

२१ : देवघाटमा विद्युतीय शवदाह गृह संचालन 

२२ : पुङ्गी र केरुङा घोलको नक्साङ्कन, संरक्षण एवम् फुटट्रेलको निर्माण र सौन्दर्यकरण 

२३ : नारायणी नदीमा सि–बिच मोडल एवम् पर्यटकीय हबको रुपमा विकास 

२४:  विपद् व्यवस्थापनका सामग्री र जनशक्ति तयार 

२५: एनआरएनएसँगको सहकार्यमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलाई घुम्ती रक्त संकलन बस सहयोग 

२६: माडीलगायत विभिन्न नगरसँग भगिनी सम्बन्ध कायम 

२७ : भाषा, साहित्य, संस्कृति र सभ्यताको श्रृवृद्धिका लागि प्रज्ञाप्रतिष्ठान गठन र संचालन 

२८:  जातजातिको संस्कृति, सभ्यताको जगेर्ना एवम् प्रवद्र्धन 

२९ : राजस्व संकलनमा वृद्धि 

३०:  १ सय ८५ वटा कानून निर्माण र सफल कार्यान्वयन 

३१: नारायणी नदीमा सिग्नेचर पुल निर्माण सुरु 

३२:  सिटी हल निर्माण अन्तिम चरणमा 

३३ : भरतपुर १४ र १५ मा शिक्षक अस्पताल र आयुर्वेद अस्पतालको जग्गा प्राप्ती भई प्रक्रिया अगाडि बढेको 

३४:  भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माण एवम् रनवे विस्तारको प्रक्रिया सुरु 

३५: कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर सधैँ प्रथम र शून्य बेरुजु राख्न सफल । 

संघीय संसदमा किन रेनु दाहाल ? 

१ : पुरानो र नवपुस्ता (जेनजी) दुवैको प्रतिनिधित्व गर्न सक्ने खुबी भएकाले संघीय संसदबाट नीति 

निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिताको अनुभूति गराउन । 

२:  विकासको आधुनिक मोडेल संसारभर देखाएर विकासको विम्बको रुपमा प्रमाणित भइसकेकोले भरतपुरको सिकाई देशभर लागु गर्न । 

को हुन् रेनु दाहाल ? 

वि.सं. २०३३ साल असार २२ गते चितवनको शिवनगरमा बुवा पुष्पकमल दाहाल प्रचण्ड र आमा  सीता दाहालको दोस्रो सन्तानको रुपमा रेनु दाहालको जन्म भएको हो । धनौजी आधारभूत विद्यालयमा प्राथमिक तहको अध्ययनपछि माध्यमिक तहसम्मको शिक्षा भरतपुर २२ पदमपोखरीस्थित अमर माविबाट गर्नुभएकी दाहाल एसएलसीपछि भनेभूमिगत जीवन बिताउन बाध्य हुनुभयो । 

रेनु दाहाल जन्मिँदा बुवा पुष्पकमल शिक्षक हुुनुहुन्थ्यो । २०५२ सालमा बुवाले सशस्त्र जनयुद्धको उद्घोष गरेर भूमिगत भएसँगै रेनु दाहाल पनि भूमिगत हुनुभएको हो । 

नम्र र आकर्षक बोली, अत्यन्तै छिटो घुलमिल हुने एवं जुझारु नेतृत्व स्वभाव भएकोले रेनु दाहालले प्रवासमा रहँदा अखिल भारत नेपाली महिला समाजको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । 

भूमिगत समयमा पार्टीको मुख्य नेतृत्वसँगै रहेर आन्तरिक रणनीति बनाउने, जनपरिचालन गर्ने कुशलताकै कारण २०६१ देखि २०६३ सम्म रोल्पा जिल्लाको सह—इन्चार्जको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेर उहाँले राजनीतिक कौशल र क्षमता थप पुष्टि गर्नुभयो । शान्ति प्रक्रियापछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनबाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएकी नेतृ दाहालले सोही समयदेखि देशको राजधानी काठमाडौं जिल्लाको सेक्रेटरीका रुपमा कार्य गरी सिर्जनशील र स्थापित नेतृको छवि बनाउन सफल हुनुभयो । अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य, महासचिव हुँदै हाल उपाध्यक्षको भूमिका रेनु दाहाल कार्यरत हुनुहुन्छ । 

पार्टीको पोलिटब्यूरो सदस्यको समेत भूमिका निर्वाह गर्नुभएकी रेनु दाहाल २०६४ को आमनिर्वाचनमा संविधानसभा सदस्य बन्नुभयो । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसं‘ग निर्वाचन लड्नुभयो । तर केही मतले उपविजेता हुनुभएकी दाहालको यात्रा यत्तिकैमा रोकिएन । निरन्तर पार्टी राजनीतिमार्फत नागरिकको सेवामा खटिएकी रेनु दाहाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरको प्रमुखमा विजयी बन्नुभयो । जतिबेला भरतपुरको भौतिक स्वरुप कुनै ग्रामीण भेगको दूरबस्तीभन्दा फरक थिएन । खाल्डैखाल्डा, हिलाम्य र धुलाम्य सडकका कारण पश्चिम चितवनबाट सदरमुकाम भ रतपुर आउन ठुलो सास्ती व्यहोर्नुपर्ने स्थिति थियो । ग्रामीण भेग मात्रै होइन शहर पनि पूरा अन्धकारमा थियो । विकासका अन्य सूचक कस्तो थियो ? अहिले नागरिकहरू त्यो समयको दुःख कल्पना गर्न पनि चाहँदैनन्होला । 

हो, त्यो बेलाको भरतपुरलाई पहिलो कार्यकालमै रेनु दाहालको सुझबुझपूर्ण र समतामूलक विकास रणनीतिले आधुनिक शहरका रुपमा रुपान्तरण गर्ने अभियान सफल बन्यो । पहिलो कार्यकालको ४ वर्षमै ६ सय किलोमिटरभन्दा बढी सडक कालोपत्र भयो । देशकै लामो रिङरोड, लिंकरोडहरू, पुल्चोक गोन्द्राङ सिक्स लेन सडक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी नदीमा तटबन्ध, सिटी , शिक्षा, स्वास्थ्य र खानेपानीका पूर्वाधार, भरतपुरको आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन करिबकरिब सम्पन्नतातर्फ प्रवेश गरेकोले ती योजना सम्पन्न गर्ने आम नगरवासीको चाहना बमोजिम नै रेनु दाहालले दोस्रो कार्यकालमा लागि २०७९ मा निर्वाचनमा होमिनुभयो । 

जनताको अपार माया र भारी मतले विजयी हासिल गरेपछि २०८२ माघको पहिलो सातासम्म रेनु दाहालले भरतपुरको नगर प्रमुखको रुपमा जिम्मेवारी वहन गर्नुभयो । 

करिब ९ वर्ष जिम्मेवारी वहन मात्रै भएन, यी दुई कार्यकालले भरतपुरलाई कायापलट गरी आधुनिक भरतपुरको आर्किटेक्टका रुपमा अमिट छाप छाडेर भरतपुरलाई अन्तर्राष्ट्रिय शहरको सूचीमा उभ्याउन सफल रहनुभयो । सुशासन, समतामूलम एवम् नागरिकमुखी विकास मोडल, सहकार्यशैली आदिकै 

कारण भरतपुरवासीले रेनु दाहाललाई विकासको विम्बको पगरी गुथाएका छन् । भरतपुरको विकासमा रेनु दाहालले ९ वर्ष बिताउँदा भरतपुरवासीको आगामी सय वर्षको भविष्य सुनिश्चित भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस