काठमाडौं । भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट कोहीलको ग्रेड घटुवा भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्वकप्तानद्वय रोहित र विराटनको ग्रेड घटुवा गरेर ए प्लसबाट सिधै ‘ग्रेड बी’मा झारेको हो।
बीसीसीआईले सोमबार खेलाडीको सेन्ट्रल कन्ट्याक्ट लिस्टबाट दुई पूर्व स्टार खेलाडीको ग्रेड घटुवा गरेको हो।बीसीसीआईले यो सिजन ए प्लस ग्रेड नै खारेज गरेपछि रोहित र विराटको ग्रेडमा ठुलो घटुवा भएको हो। अघिल्लो वर्ष ए प्लसमा समेटिएका विराट, रोहितसँगै जसप्रित बुमराह र रवीन्द्र जडेजामध्ये बुमराह र जडेजा ग्रेड एमा समेटिँदा रोहित र विराट ग्रेड बीमा पुगेका हुन्।
भारतको टेस्ट र एक दिवसीय टिमका कप्तान शुभमन गिल भने ग्रेड एमा नै समेटिएका छन्। रोहितको कप्तानी खोसेर गिललाई कप्तान बनाएपछि उनले सीमित खेल मात्र खेल्दै आएका छन्। रोहित र विराटले भारतका लागि अहिले एकदिवसीय क्रिकेट मात्र खेल्दै आएका छन्।
अघिल्लो सिजन टी–२० विश्वकपको उपाधि उचालेपछि दुवै खेलाडीले टी–२० बाट सन्यास लिएका हुन्। उनीहरु दुवै खेलाडी २०२४ देखि नै टेस्ट क्रिकेटबाट बिदा भएका हुन्। उनीहरुले यत्तिबेला सीमित खेल मात्र खेल्ने भएकाले ग्रेड एक्कैपटक घटुवा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नयाँ सम्झौना अनुसार बीसीसीआईले अब भारतको क्रिकेट खेलाडीलाई ग्रेड एबाट हटाएर ए, बी र सीमा मात्र विभाजन गरेको छ। बीसीसीआईका अनुसार अहिले पुरुषतर्फ ३० खेलाडी सम्झौतामा समेटिएका छन्। जसमध्ये तीन खेलाडी ग्रेड एमा समेटिँदा ११ खेलाडी ग्रेड बी र १७ खेलाडी ग्रेड सीमा छन्।
रमाइलो त के छ भने टी–२० कप्तान सूर्यकुमार यादवसमेत ग्रेड बीमा समेटिएका छन्। ग्रेड एबाट केएल राहुल, मोहम्मद सिराज, हार्दिक पाण्डया, ऋषभ पन्त ग्रेड बीमा पुगेका छन्। ग्रेड परिवर्तन गरे पनि बीसीसीआईले तलब संरचना बारे केही खुलाएको छैन।
अघिल्लो सिजनमा भने ‘ए प्लस’ ग्रेडका खेलाडीले वार्षिक तलब सात, ‘ए’ले पाँच, बीले तीन र सीले एक करोड पाउने सम्झौता भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ माघ २०८२, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर