काठमाडौँ । नेपाली काँग्रेसले जिम्मेवारी दिएर तोकिएका बाहेक सबै नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ । फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरेको हो ।
आइतबार बिहान भएको कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली काँग्रेस निर्वाचन परिचालन निर्देशिका’ अनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा जिम्मेवारी दिएकालाई कार्य सकेर आफ्नो क्षेत्रमा फर्कन निर्देशन दिइएको छ । ‘जसको पदीय जिम्मेवारी जहाँ र उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्ने काँग्रेसले जानकारी गराएको छ ।
एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा अर्को क्षेत्रको वडामा गई क्रियाशील नहुन पार्टी पङ्तिमा अनुरोध गर्ने निर्णय गरिएको छ । भ्रातृ र शुभेच्छुक संस्थामा रहेका नेता कार्यकर्तालाई पनि आफ्नो क्षेत्रमा क्रियाशील हुन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ