काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वकपमा नेपाली टिमले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति दिने विश्वास व्यक्त गरेकी छन् ।
भारतको मुम्बईमा आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टिमलाई शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
उनले वानखेडे स्टेडियममा राष्ट्रिय धुन गुन्जिने र त्यो विश्वले सुन्नेसमेत बताएकी छन् ।
‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ( नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति। तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्काररसफलताको आड छ’, सामाजिक सञ्जालमा सक्रिय प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः। अनि धेरै माया पनि ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
आलोचनाको मूल्य जेल : 'लोकतन्त्रको ऐनामा सरकारको अनुहार'
प्रधानमन्त्रीले निजी क्षेत्रलाई के भने ?
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने