काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज पोखरा पुगेका छन् । काँग्रेस गण्डकी प्रदेश कार्य समितिको बैठकमा सहभागी हुन सभापति थापा आज बिहान पोखरा पुगेका हुन् ।
सभापति थापालाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वागत गरेका थिए।
सभापति थापा केही बेरमा नेपाली काँग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी हुनेछन् भने लगत्तै काँग्रेस गण्डकीको बैठकमा सामेल हुँदै छन्।
उनले गण्डकी क्षेत्रका विभिन्न जिल्लाका नेता/कार्यकर्ता एवं उम्मेदवारहरूसँग छलफल गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ