एजेन्सी । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२६-२७ का लागि ७.८४ लाख करोड भारुको रक्षा बजेट सार्वजनिक गरेकी छन् । जुन अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशतले बढी भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ।
यो बजेटको मुख्य केन्द्रबिन्दु सेनाको आधुनिकीकरण र नयाँ प्रविधिको विकास रहेको छ। विशेषगरी नयाँ हतियार र सैन्य उपकरण खरिदका लागि छुट्याइने 'क्यापिटल आउटले'मा २१.८४ प्रतिशतको ठूलो वृद्धि गर्दै २.१९ लाख करोड भारु पुर्याइएको छ।
गत वर्ष पाकिस्तानसँग भएको सैन्य संघर्ष 'अपरेशन सिन्दूर' र चीनको बढ्दो प्राविधिक क्षमतालाई मध्यनजर गर्दै भारतले ड्रोन, आर्टिफिसियल इन्टेलिजेन्स र साइबर युद्धमा आफूलाई सबल बनाउन खोजेको देखिन्छ।
सेनाले ११४ वटा नयाँ लडाकु विमान र ६ वटा पनडुब्बी खरिद गर्ने तयारी गरिरहेको सन्दर्भमा यो बजेट महत्त्वपूर्ण मानिएको छ। यद्यपि, रक्षा विज्ञहरूले भने यो बजेट अझै पनि अपर्याप्त हुन सक्ने टिप्पणी गरेका छन्। बढ्दो महँगी र मुद्राको अवमूल्यनका कारण १५ प्रतिशतको वृद्धिले मात्रै सेनाको सबै आवश्यकता पूरा नहुने उनीहरूको तर्क छ।
हाल भारतको रक्षा बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.९ प्रतिशत मात्र छ, जबकि सेनालाई पूर्ण रूपमा आधुनिक बनाउन यो हिस्सा ३ प्रतिशत पुग्नुपर्ने माग विज्ञहरूले गर्दै आएका छन्। चीनको तुलनामा भारतको बजेट अझै पनि निकै कम रहेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ माघ २०८२, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर