काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतको जेनजी आन्दोलनलाई सबैभन्दा बढी कांग्रेसले नै सुनेको बताएका छन्। काठमाडौं ५ का मतदाताहरूसँग उनले युवाको आवाज कांग्रेसले नै आत्मसाथ गरेको बताए।
उनले भने, ‘भदौ २३ र २४ गतेलाई सबभन्दा बढी नेपाली कांग्रेसले सुनेको छ। त्यही सुनेर हामीप्रति पनि खबरदारी भएको हो भन्ने ठानेर हामीले आफैँलाई परिमार्जन गरेर अगाडि बढिरहेका छौँ। त्यसैले पुस्तान्तरणको सुन्ने सवालमा पनि नेपाली कांग्रेसले आफूलाई तम्तयार पारेर अगाडि बढेको छ।’
काठमाडौंका मतदाता तुलनात्मक हिसाबले बढी चेतनशील रहेको बताए।
उनले भने, ‘मैले जिताएको सांसदले देश बदल्न यसो गर्यो भनेर हजुरहरूले गर्वको महसुस गर्ने स्थिति हुनुपर्छ। देशमा पद्धति बसाउन प्रस्ट ढङ्गबाट यसरी पैरवी गर्यो भन्ने कुरा आउनुपर्छ, त्यसबाट हजुरहरूलाई चित्त बुझ्नुपर्छ। ती कामहरू मैले सबै गरेँ, म भन्दिनँ। कतिपय कुराहरू पहिलोचोटी जति प्रभावकारिता प्रस्तुत गर्न सक्नुपर्थ्यो, त्यति सकिँदो रहेनछ। मैले केही बिगारेको छैन।’
उनले पहिलोचोटी जित्दा भन्दा अहिले आफ्नो क्षमता तीन गुना बढेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल