काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतको जेनजी आन्दोलनलाई सबैभन्दा बढी कांग्रेसले नै सुनेको बताएका छन्। काठमाडौं ५ का मतदाताहरूसँग उनले युवाको आवाज कांग्रेसले नै आत्मसाथ गरेको बताए।
उनले भने, ‘भदौ २३ र २४ गतेलाई सबभन्दा बढी नेपाली कांग्रेसले सुनेको छ। त्यही सुनेर हामीप्रति पनि खबरदारी भएको हो भन्ने ठानेर हामीले आफैँलाई परिमार्जन गरेर अगाडि बढिरहेका छौँ। त्यसैले पुस्तान्तरणको सुन्ने सवालमा पनि नेपाली कांग्रेसले आफूलाई तम्तयार पारेर अगाडि बढेको छ।’
काठमाडौंका मतदाता तुलनात्मक हिसाबले बढी चेतनशील रहेको बताए।
उनले भने, ‘मैले जिताएको सांसदले देश बदल्न यसो गर्यो भनेर हजुरहरूले गर्वको महसुस गर्ने स्थिति हुनुपर्छ। देशमा पद्धति बसाउन प्रस्ट ढङ्गबाट यसरी पैरवी गर्यो भन्ने कुरा आउनुपर्छ, त्यसबाट हजुरहरूलाई चित्त बुझ्नुपर्छ। ती कामहरू मैले सबै गरेँ, म भन्दिनँ। कतिपय कुराहरू पहिलोचोटी जति प्रभावकारिता प्रस्तुत गर्न सक्नुपर्थ्यो, त्यति सकिँदो रहेनछ। मैले केही बिगारेको छैन।’
उनले पहिलोचोटी जित्दा भन्दा अहिले आफ्नो क्षमता तीन गुना बढेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’: प्रदीप पौडेल
महाधिवेशनविना निर्वाचनमा गए काँग्रेसको सर्मनाक हार हुन्छ : प्रदीप पौडेल
प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ: प्रदीप पौडेल
डिजी युथ काँग्रेस गठन गर्न केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको प्रस्ताव
अब राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधन : प्रदीप पौडेल
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल