काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) सर्वोच्च जाने काँग्रेस नेताहरूको कार्यक्रम स्थगित भएको हो ।
काँग्रेसले सूचना जारी गरेर ‘विशेष कारण’ले उक्त कार्यक्रम स्थगित भएको जनाएको छ । काँग्रेसले सूचनामा भनेको छ , ‘डिलेकेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको ब्यहोरा जानकारी गराइन्छ ।’
विघटित प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेले प्रधानन्यायाधीश राउतको सचिवालयले फोन गरेर आजका लागि तय भएको भेटघाटको कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको बताए ।
यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०:३० बने सर्वोच्च जाने कार्यक्रम थियो । काँग्रेसका ६५ पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् । तर, सर्वोच्चले रिटको सुनुवाइ सुरु गरेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन, दुई स्थानमा समन्वय कार्यालय सञ्चालन हुने
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने