काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज एकै दिन सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेको छ । यो सँगै चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन तोलाको ३ लाख १८ हजार पुग्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, आज तोलाको कति ?
सुनचाँदीको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?