काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले तीन उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार उमेदवारहरू चन्द्रकान्त राउत (सीके), खगेन्द्र सुनार र निशा अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।
जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट उमेदवार छन् । राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको भनेर राउतविरुद्ध आयोगमा उजुरी परेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार रहेका सुनारले गाईको विषयलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी अभिव्यक्ति दिएको भनेर आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधेको हो ।
यस्तै, काठमाडौं–५ बाट उमेदवार बनेकी अधिकारीविरुद्ध विदेशमा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सकिने व्यहोराको विवरण पठाएको भन्ने उजुरी आयोगमा परेको छ । तीनैजनालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।
निर्वाचन आचारसंहिताविपरीतको गतिविधि गरेको भन्दै आयोगले हालसम्म २१ जना व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने