२४ घण्टामा देशभर विपदका २० घटना

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०८२, ०९ : ३३
२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपदका २० घटना भएको जनाएको छ ।

त्यसमध्ये १६ वटा आगलागीका घटना भएका छन् । यस्तै, चार वटा जनावर आक्रमणका घटना भए । प्राधिकरणका अनुसार, विपदमा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भए । यस्तै, विपदका कारण २५ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ ।

प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी, चितवन र दैलेखमा भने जनावरका घटना घटे । प्राधिकरणले सुक्खा मौसममा आगलागीका घटनामा वृद्धि हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस