काठमाडौँ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, सुरक्षित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित धादिङ जिल्लाका प्रमुख राजनीतिक दलहरूले संयुक्त सहमति जनाएका छन्। निर्वाचन प्रक्रियामा शान्ति र मर्यादा कायम राख्ने विषयमा दलहरूबीच साझा दृष्टिकोण बनेको हो।
धादिङबेसीमा मंगलबार बिहान सम्पन्न छलफलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला तहका नेतृत्व तथा दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सहभागिता रहेको थियो। छलफलपछि दलहरूले निर्वाचनलाई विवादरहित र जिम्मेवार ढंगले अघि बढाउने प्रतिबद्धता सार्वजनिक गरेका छन्।
सहमतिको लिखित दस्तावेजमार्फत दलहरूले जिल्लामा सामाजिक सद्भाव, राजनीतिक स्थिरता र आपसी विश्वास कायम गर्दै दीर्घकालीन विकास, सुशासन र समावेशी समाज निर्माणका लागि सहकार्य गर्ने उल्लेख गरेका छन्। निर्वाचन परिणाम जेसुकै भए पनि जिल्लाको साझा हितका विषयमा मिलेर काम गर्ने सहमति समेत जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक दलसम्बन्धी ऐनमा फरक सुझाव
राजनीतिक दलको आय,चन्दा रकम अपारदर्शी
सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, बाँकी दलले निर्वाचन आयोगमा बुझाए घाटाको हिसाब