काठमाडौं । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा चुनावको प्रत्यक्ष तर्फ गत चुनावमा भन्दा झण्डै एक हजार बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
निर्वाचन आयोगका अनुसार यसपटक कुल प्रत्यक्ष तर्फ ३ हजार ४०६ जना उम्मेदवार छन् । प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्रमा सो संख्यामा उम्मेदवार देखिएका हुन् ।
जवकी गत २०७९ सालमा भएको प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रमा कुल २ हजार ४१२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । २०७९ को चुनावमा भन्दा अहिलेको चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्नेको संख्या ९९४ जनाले बढी हो ।
त्यस्तै २०७९ को चुनावमा भन्दा यो पटकको चुनावमा झण्डै ९ लाख १५ हजार बढी मतदाता छन् । यसपटक ९ लाख १५ हजार ११९ जना मतदाता गत चुनावमा भन्दा बढी छन् । गत चुनाव २०७९ मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेकामा यो पटक बढेर १ करोड ८९ लाख ३ हजार ६८९ पुगेका छन् ।
प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा एकै चरणमा गरिँदै छ । गत भदौंको जेनजी आन्दोलनपछि युवा पुस्तामा राजनीतिप्रतिको झुकाब बढेको र नयाँ नयाँ राजनीतिक दलहरु खुल्ने क्रम बढेकोले पनि उम्मेदवारको संख्या गत चुनवामा भन्दा बढेको देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात जिल्लाका ४ सय ९३ उम्मेदवारको जमानत जफत
कांग्रेसका दुई उम्मेदवारको अग्रता
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
समानुपातिक बन्दसूचीबाट हटाइए ७६ जना उम्मेदवार