काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन् ।
बालेनलाई स्वागत तथा अभिनन्दन गर्न कैलाली र कञ्चनपुरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको पार्टीले जनाएको छ ।
बिहान ७ बजे राजापुरमा स्वागत तथा अभिनन्दन कार्यक्रम भएसँगै उनको अभियान सुरु भइसकेको छ । राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा स्वागत तथा अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको छ ।
दिउसो ३ः३० बजे उनी धनगढीबाट पुनर्वासतर्फ लाग्ने बताइएको छ । कञ्चनपुरमा उनी झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन