काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन् ।
बालेनलाई स्वागत तथा अभिनन्दन गर्न कैलाली र कञ्चनपुरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको पार्टीले जनाएको छ ।
बिहान ७ बजे राजापुरमा स्वागत तथा अभिनन्दन कार्यक्रम भएसँगै उनको अभियान सुरु भइसकेको छ । राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा स्वागत तथा अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको छ ।
दिउसो ३ः३० बजे उनी धनगढीबाट पुनर्वासतर्फ लाग्ने बताइएको छ । कञ्चनपुरमा उनी झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावी बहसबाट आरोपतर्फ बालेन, आयोगमा उजुरी दर्ता
बालेनले गरे पाथिभरा माताको दर्शन
बालेनको अभिव्यक्तिसम्बन्धी टिप्पणीमा एमाले सचिव बस्नेतद्वारा क्षमायाचन
बालेन पुगे इलाम, सुरु गरे घरदैलो
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
झापामा इन्दिरा राना मगरसँग बालेनको भेट