प्रतिबन्धित औषधिसहित एकजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०८२, ०७ : ३५
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ

रौतहट । गौर भन्सार कार्यालयको मुख्य ढाँटबाट सशस्त्र प्रहरीले प्रतिबन्धित तथा उत्तेजक प्रकृतिका औषधिसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार दिउँसो नियमित जाँचमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शङ्कास्पद अवस्थामा बोकेको झोला खानतलासी गर्दा ठुलो परिमाणमा औषधीसहित एकजनालाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार  सशस्त्र प्रहरी वरिष्ठ हबलदार थिरबहादुर चौधरीले कमान्ड गरेको टोलीले उक्त औषधि सहित राजपुर नगरपालिका–६ निवासी ३८ वर्षीय रामनारायण यादव लाई पक्राउ गरेको छ।

यादवको साथबाट शरीरलाई उत्तेजक पार्ने जेनेग्रा रेड ६० पत्तामा २४० ट्याब्लेट, न्यूरोबियन ३०० ट्याब्लेट, क्याल्सियम सेन्ड्रम २ बोतल, रुमाकोर्ट ४० ट्याब्लेट, डोलोजेसिक २०० ट्याब्लेट, ननफोर्स ८० ट्याब्लेट, ओस्टो क्याल्सियम २ डिब्बा लगायतका औषधी रहेका छन्।

बरामद औषधीको अनुमानित मूल्य करिब रु ३७ हजार १४४ बराबर रहेको सशस्त्र प्रहरी बल नेपाल गुल्म गौरका प्रमुख डिएसपी प्रेमसागर विष्टले बताएका छन्। विष्टका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद औषधी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा औषधि तथा अन्य प्रतिबन्धित सामग्रीको अवैध ओसारपसार रोक्न नियमित चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस