वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ ।
गत आवको ६ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको ६ महिनामा तीन खर्ब ८० अर्ब ६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ६ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।
चालु आवको ६ महिनामा ९० अर्ब ६ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । ३९ अर्ब तीन करोड मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् ।
चालु आवको ६ महिनामा ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपूर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब चार करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात
वीरगञ्जमा खानेपानीको हाहाकार
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व संकलन