वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०८२, ०८ : ०४
वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार यस अवधिमा १७ अर्ब ३२ करोडको भटमासको तेल र दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस