सर्लाही । २१ वर्षदेखि फरार एक अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कबिलासी नगरपालिका ७ का ४४ वर्षीय विल्टु महतो छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार महतोविरुद्ध १ वैशाख २०६१ मा डकैती मुद्दा दायर भएदेखि उनी फरार थिए।
रामअशिष महतोको जाहेरीको आधारमा जिल्ला अदालत सर्लाहीले उनलाई ६ वर्ष कैद र दुई लाख ७९ हजार ६ सय जरिवाना हुने फैसला गरेको थियो।
खोजतलासको क्रममा माघ १० गते उनलाई सर्लाहीकै हरिवन नगरपालिका ५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लामो समयदेखि लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र कानुनी प्रकृया पूरा गरि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ