सर्लाही । २१ वर्षदेखि फरार एक अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कबिलासी नगरपालिका ७ का ४४ वर्षीय विल्टु महतो छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार महतोविरुद्ध १ वैशाख २०६१ मा डकैती मुद्दा दायर भएदेखि उनी फरार थिए।
रामअशिष महतोको जाहेरीको आधारमा जिल्ला अदालत सर्लाहीले उनलाई ६ वर्ष कैद र दुई लाख ७९ हजार ६ सय जरिवाना हुने फैसला गरेको थियो।
खोजतलासको क्रममा माघ १० गते उनलाई सर्लाहीकै हरिवन नगरपालिका ५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लामो समयदेखि लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र कानुनी प्रकृया पूरा गरि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ