प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी सोविता गौतमले निर्वाचन आयोगमा झुठ्ठो विवरण पेश गरेको खुलेको छ । आफूले अध्ययन नै नगरेको शैक्षिक योग्यता उल्लेख गरेर आयोगलाई झुक्याइएको तथ्य फेला परेको छ ।
आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन क्षेत्र नम्बर ३ बाट सोविता गौतमलाई उठाएको छ । उनी २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् ।
चितवनको भरतपुर महानगरपालिकाका एक वासिन्दासङ्ग पोहोर बिहे गरेकी उनी पेशाले कानुन व्यवसायी हुन् । दोस्रोपटक चुनावी मैदानमा उत्रिएकी उनले आफूले पुरा गर्दै नगरेको शैक्षिक योग्यता राखेर उम्मेदवारी फाराम भरेको पाइएको छ । आयोगले हिजो निकालेको उम्मेदवारको वैयक्तिक विवरणमा केही कुरा ढाँटेको प्रष्ट देखिन्छ ।
जसमा शैक्षिक योग्यता कानुनमा स्नातकोत्तर उल्लेख छ । जबकि,उनले स्नातकोत्तर उत्तीर्ण गरेकी छैनन् । उनले हालै एलएलएम पहिलो सेमेस्टरको परीक्षासम्म दिएकी छन् । प्रोफेसर डाक्टर युवराज सङ्ग्रौलाको काठमाडौं स्कूल अफ लमा अध्ययनरत उनी नियमित कलेज पनि नजाने स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ माघ २०८२, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
संसदमा सोविताको प्रश्न-‘मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने' ?
रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्योः सोविता गौतम
सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँ : सोविता गौतम
आशिका तामाङप्रति राज्यले गलत रवैया देखायो : सोविता गौतम