काठमाडौँ । रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू फर्किएनन् भनेर आफूले नभनेको प्रष्टीकरण दिएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर सुन्न भन्दै हिजोकै विषय दोहोर्याइन् ।
‘उहाँहरूको नेपाली भाषा बुझाइमा समस्या भएकै कारणले मेरो भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ । चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन, जसको समस्या हो उसैको उपचार गरियोस् । मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु,’ उनले भनिन्,‘यो सत्य हो प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकिएर नेपाल फर्किनुभयो । तर, यो पनि सत्य हो प्रधानमन्त्री जानुभएको कार्यक्रममा सबै नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् । उतै बसेका छन् ।’
उनले भिजिट भिसा प्रकरणमा आफूहरूले आन्दोलन जारी राखेको पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्योः सोविता गौतम
सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँ : सोविता गौतम
आशिका तामाङप्रति राज्यले गलत रवैया देखायो : सोविता गौतम