काठमाडौँ । रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू फर्किएनन् भनेर आफूले नभनेको प्रष्टीकरण दिएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर सुन्न भन्दै हिजोकै विषय दोहोर्याइन् ।
‘उहाँहरूको नेपाली भाषा बुझाइमा समस्या भएकै कारणले मेरो भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ । चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन, जसको समस्या हो उसैको उपचार गरियोस् । मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु,’ उनले भनिन्,‘यो सत्य हो प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकिएर नेपाल फर्किनुभयो । तर, यो पनि सत्य हो प्रधानमन्त्री जानुभएको कार्यक्रममा सबै नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् । उतै बसेका छन् ।’
उनले भिजिट भिसा प्रकरणमा आफूहरूले आन्दोलन जारी राखेको पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतको जनप्रतिनिधिका अनुहार, काठमाडौं २ मा सोविता गौतममाथि उठेका प्रश्न
सोविता गौतमले निर्वाचन आयोगमा किन गरिन् झुठ्ठो विवरण पेश ?
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्योः सोविता गौतम