काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारहरूले मनोनयन पत्रसँगै पेश गरेका वैयक्तिक विवरणहरू सार्वजनिक गरेको छ।
निर्देशिकाको दफा २२ (१) बमोजिम अनुसूची-१० अनुसार उम्मेदवारले बुझाएको वैयक्तिक विवरण तथा सोही दफाको उपदफा (३) अनुसार आयोगले ती विवरणहरू सार्वजनिक गरेको जानकारी दिएको हो।
निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेकाले कानुनी व्यवस्थाअनुसार सबै सम्बन्धित उम्मेदवारहरूले पेश गरेका विवरणहरू आयोगको आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार यस कदमले मतदाता, सरोकारवाला निकाय, सञ्चार माध्यम तथा आम नागरिकलाई उम्मेदवार सम्बन्धी आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सार्वजनिक गरिएका उम्मेदवारका वैयक्तिक विवरणहरू निर्वाचन आयोगको आधिकारिक वेबसाइट https://result.election.gov.np मा उपलब्ध छन्। इच्छुक व्यक्तिहरूले उक्त वेबसाइटमार्फत सम्बन्धित उम्मेदवारको विवरण अवलोकन गर्न सक्ने आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० माघ २०८२, १८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६५ सिटका लागि साढे २ हजार भन्दा बढीको उम्मेदवारी
तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान
भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने
निर्वाचन आयोगले गगन थापालाई मान्यता दिने सूचना शुक्रबार दिउँसै देउवालाई थियो