राज्य संयन्त्रबाट अपमानजनक व्यवहार भएको ओलीको आरोप

सफल खबर संवाददाता

शनिबार, १० माघ २०८२, १६ : ४४
राज्य संयन्त्रबाट अपमानजनक व्यवहार भएको ओलीको आरोप

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिमा पार्टीले आन्दोलनको मार्ग रोज्ने कि निर्वाचन प्रक्रियामै केन्द्रित हुने भन्ने विषय अझै निश्चित भई नसकेको बताएका छन्।

च्यासलमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा मन्तव्य दिँदै अध्यक्ष ओलीले राजनीतिक अवस्था र सरकारको व्यवहारका आधारमा आगामी कदम तय गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। उनका अनुसार तत्काल आन्दोलन वा निर्वाचनमध्ये कुन विकल्प रोज्ने भन्ने निर्णयमा पुग्ने स्थिति बनी सकेको छैन ।

कार्यक्रममा बोल्दै उनले हालै झापाबाट काठमाडौँ फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई अस्वाभाविक र अपमानजनक ढंगले जाँच गरिएको गुनासो गरे। उनले आफूलाई सामान्य यात्रु होइन, सुन तस्करसरह व्यवहार गरिएको अनुभूति भएको बताए।

अध्यक्ष ओलीले सरकार र मातहतका निकायहरूले एमाले नेतृत्वलाई दुःख दिने तथा अपमानित गर्ने मनसायका साथ काम गरिरहेको आरोप समेत लगाए। यस्तो व्यवहार लोकतान्त्रिक मूल्य र मर्यादा विपरीत भएको उनको टिप्पणी थियो।

प्रतिक्रिया दिनुहोस