रुकुम पूर्व । हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रुकुम पूर्वमा मोर्निङ वाक गरेका छन् ।
मोर्निङ वाकका क्रममा उनले जनयुद्धका बेला रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थानको अवलोकन गरे, जहाँ हाल युद्ध संग्रहालय निर्माण गरिएको छ। सो अवसरमा संयोजक प्रचण्डले उक्त स्थललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।
मोर्निङ वाकसँगै संयोजक प्रचण्डले रुकुम पूर्वका विभिन्न स्थानमा घरदैलो अभियानको पनि सुरुवात गरेका छन् । घरदैलोका क्रममा उनले सहिद सिता घर्तीमगरकी आमा, सहिद जीवन काजीकी आमा लगायत विभिन्न सहिद परिवारका सदस्यहरूसँग भेटघाट गरेका छन् ।
सहिद परिवारसँगको भेटमा उनले सहिदहरूको सपना आफूले नबिर्सिएको बताउँदै जनयुद्धका सहिदहरूको सम्मानमा राज्यस्तरबाट कामको थालनि भएको र अझै बढि अधिकार स्थापित गर्न आफू सक्रिय रहेको बताए ।
संयोजक प्रचण्डले आफू सरकारमा रहँदा जनयुद्धका सहिदहरूको नाम राष्ट्रिय रूपमा राजपत्रमा प्रकाशित गरिएको, सहिद परिवारका सदस्यलाई रोजगारी तथा विभिन्न अवसर उपलब्ध गराउने कार्यविधि बनाइएको जानकारी दिए ।
मोर्निङ वाकसँगै घरदैलो अभियानका क्रममा उनले रुकुम पूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने