काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज तोकिएको समयमा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये आफूले चाहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न अनुरोध गरेका हुन् ।
मनोनयन पत्रसँगै फारम भरेर पेस गर्न पनि उनले अनुरोध गरे। फारम आयोगको वेबसाइटमै राखिएको छ । आयोगको वेबसाइटमा ‘वर्ड डकुमेन्टको फाइल’ पनि राखिएको जानकारी सूचना अधिकारी घिमिरेले दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने