काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा पार्टीका तर्फबाट उम्मेदवार फेरेको फेरयै गरेको छ ।
उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ बाट चुनाव जित्ने नदेखेपछि सुरुमा पाल्पा २ मा आफुलाई सुरक्षित बनाउन खोजेका थिए । पार्टी सचिवालय बैठकबाट पौडेलले आफुलाई पाल्पा २ को टिकट सुरक्षित गरे ।
तर, पार्टी उपाध्यक्ष नै आफनो निर्वाचन क्षेत्रमा असुरक्षित भई अन्यत्र सरेको आरोप लाग्ने देखेपछि र रुपन्देही २ कै नेता कार्यकर्ताको जोडबल र डेलिगेशन पछि एमालेले पौडेललाई फेरि रुपन्देही २ मै सार्ने निर्णय लियो ।
विष्णु पौडेलले पनि प्रतिस्पर्धी कांग्रेसका सम्भावित उम्मेदवार, नेपाली कम्युनिष्ट पार्टीका सम्भावित उम्मेदवार र रास्वपाका सम्भावितउम्मेदवारहरुको लेखाजोखा पार्टी च्यानलमार्फत गराउन लगाए ।
पाल्पा २ जत्तिकै आफुलाई रुपन्देही २ फेरि उनले अनुकुल रहेको रिपोर्ट जिल्लाबाट पाएपछि पूरानै क्षेत्रबाट चुनाव लड्ने योजना उनले बनाए । त्यसपछि एमालेले विष्णु पौडेलले कब्जा गरेको पाल्पा २ को टिकट राम बहादुर राउतले पाएका थिए ।
त्यहाँ यसअगाडीको चुनाव ठाकुर गैरेले जितेका थिए । तर यसपटक गैरे एमालेको एघारौं महाधिवेशनमा इश्वर पोखरेल समुहबाट सचिवमा प्रतिस्पर्धामा उत्रेका थिए । योगेश भट्टराई, गोकर्ण विष्ट लगायतसँग नजिक सम्वन्ध रहेको भन्दै अध्यक्ष केपी ओलीले गैरेलाई टिकटमा रोक्न खोजे ।
यसले एमालेभित्र निक्कै असन्तुष्टि बढ्यो । पाल्पा २ मा सुरुमा विष्णु पौडेल, त्यसपछि आज बिहानसम्म रामबहादुर राउतकै नाममा टिकट फिक्स थियो । तर अहिले एमालेले फेरि त्यहाँ उम्मेदवार फेरेको छ । अन्ततः ओलीको अनिच्छाका बीच पनि ठाकुर गैरेले नै पाल्पा २ को टिकट पाएका छन् । एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीले अन्तिममा टिकट ठाकुर गैरेले नै पा्रप्त गरेको जानकारी दिए ।
‘पाल्पा २ को टिकट ठाकुर गैरेजीले नै पाउनु भएको छ । आज बिहान मात्रै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गैरेको टिकट लिएर पाल्पा आउँदै हुनुहुन्छ,’ एमाले पाल्पा अध्यक्ष घर्तीले भने ।
एमालेभित्र ओलीले इतर पक्षका नेताहरुलाई पाखा लगाएको आरोप लागेको छ । जसले कतिपय ठाँउमा असन्तुष्टि बल्झेको छ । जसकाकारण मिल्दा सम्म मिलाउने प्रयासका क्रममा केही स्थानमा उम्मेदवारको नाम हेरफेर भएको एमालेले जनाएको छ । त्यही क्रममा पाल्पामा पनि उम्मेदवार फेरेको फेरयै गरेर अहिले ठाकुर गैरेले उम्मेदवारी पाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार नै एमाले प्रवेश
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित