काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा पार्टीका तर्फबाट उम्मेदवार फेरेको फेरयै गरेको छ ।
उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ बाट चुनाव जित्ने नदेखेपछि सुरुमा पाल्पा २ मा आफुलाई सुरक्षित बनाउन खोजेका थिए । पार्टी सचिवालय बैठकबाट पौडेलले आफुलाई पाल्पा २ को टिकट सुरक्षित गरे ।
तर, पार्टी उपाध्यक्ष नै आफनो निर्वाचन क्षेत्रमा असुरक्षित भई अन्यत्र सरेको आरोप लाग्ने देखेपछि र रुपन्देही २ कै नेता कार्यकर्ताको जोडबल र डेलिगेशन पछि एमालेले पौडेललाई फेरि रुपन्देही २ मै सार्ने निर्णय लियो ।
विष्णु पौडेलले पनि प्रतिस्पर्धी कांग्रेसका सम्भावित उम्मेदवार, नेपाली कम्युनिष्ट पार्टीका सम्भावित उम्मेदवार र रास्वपाका सम्भावितउम्मेदवारहरुको लेखाजोखा पार्टी च्यानलमार्फत गराउन लगाए ।
पाल्पा २ जत्तिकै आफुलाई रुपन्देही २ फेरि उनले अनुकुल रहेको रिपोर्ट जिल्लाबाट पाएपछि पूरानै क्षेत्रबाट चुनाव लड्ने योजना उनले बनाए । त्यसपछि एमालेले विष्णु पौडेलले कब्जा गरेको पाल्पा २ को टिकट राम बहादुर राउतले पाएका थिए ।
त्यहाँ यसअगाडीको चुनाव ठाकुर गैरेले जितेका थिए । तर यसपटक गैरे एमालेको एघारौं महाधिवेशनमा इश्वर पोखरेल समुहबाट सचिवमा प्रतिस्पर्धामा उत्रेका थिए । योगेश भट्टराई, गोकर्ण विष्ट लगायतसँग नजिक सम्वन्ध रहेको भन्दै अध्यक्ष केपी ओलीले गैरेलाई टिकटमा रोक्न खोजे ।
यसले एमालेभित्र निक्कै असन्तुष्टि बढ्यो । पाल्पा २ मा सुरुमा विष्णु पौडेल, त्यसपछि आज बिहानसम्म रामबहादुर राउतकै नाममा टिकट फिक्स थियो । तर अहिले एमालेले फेरि त्यहाँ उम्मेदवार फेरेको छ । अन्ततः ओलीको अनिच्छाका बीच पनि ठाकुर गैरेले नै पाल्पा २ को टिकट पाएका छन् । एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीले अन्तिममा टिकट ठाकुर गैरेले नै पा्रप्त गरेको जानकारी दिए ।
‘पाल्पा २ को टिकट ठाकुर गैरेजीले नै पाउनु भएको छ । आज बिहान मात्रै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गैरेको टिकट लिएर पाल्पा आउँदै हुनुहुन्छ,’ एमाले पाल्पा अध्यक्ष घर्तीले भने ।
एमालेभित्र ओलीले इतर पक्षका नेताहरुलाई पाखा लगाएको आरोप लागेको छ । जसले कतिपय ठाँउमा असन्तुष्टि बल्झेको छ । जसकाकारण मिल्दा सम्म मिलाउने प्रयासका क्रममा केही स्थानमा उम्मेदवारको नाम हेरफेर भएको एमालेले जनाएको छ । त्यही क्रममा पाल्पामा पनि उम्मेदवार फेरेको फेरयै गरेर अहिले ठाकुर गैरेले उम्मेदवारी पाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति
एमाले उम्मेद्वार को कहाँ ?
एमाले सचिवालय बैठक सुरु
प्रतिनिधिसभा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै