काठमाडौँ । निर्वाचन आयोगले भोलि (माघ ५ गते) देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगको आज बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।
प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको अघिल्लो दिन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम रहेको छ।
आचारसंहिताले प्रचार प्रसार, उम्मेदवारले गर्ने गतिविधि, सरकारले गर्ने नियुक्ति र सञ्चार माध्यमहरूले प्रकाशन गर्ने समाचारहरूको समेत अनुगमन गर्नेछ। फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने
निर्वाचन आयोगले गगन थापालाई मान्यता दिने सूचना शुक्रबार दिउँसै देउवालाई थियो
चुनावमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने निर्वाचन आयोगद्वारा जानकारी
निर्वाचन आयोग पुगे देउवा पक्षका नेता–कार्यकर्ता
पर्सिबाट सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने