काठमाडौँ । निर्वाचन आयोगले भोलि (माघ ५ गते) देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगको आज बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।
प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको अघिल्लो दिन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम रहेको छ।
आचारसंहिताले प्रचार प्रसार, उम्मेदवारले गर्ने गतिविधि, सरकारले गर्ने नियुक्ति र सञ्चार माध्यमहरूले प्रकाशन गर्ने समाचारहरूको समेत अनुगमन गर्नेछ। फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया